News Portal

  • सन नेपाल लाइफको वीरगंज शाखाद्वारा विद्यालयलाई पाठ्य सामाग्री वितरण

    आर्थीकसंसार संवाददाता३० भदौ, २०८०
    १७४ पटक
    ३० भदौ, २०८०

    काठमाडौं । सन नेपाल लाइफको वीरगंज शाखाले बाल दिवसको उपलक्ष्यमा सामुदायीक विद्यालयका बालबालिकाको सामुदायीक विद्यालय प्रतिको आर्कषक बढाउनको लागि विद्यार्थीलाई विभिन्न पाठय सामाग्री वितरण गरेको छ ।

    यस वीरगंज शाखाले शाखा प्रबन्धकको अगुवाईमा श्रीराम जानकी अधारभूत प्राथमीक विद्यालय वीरगंज २४ पर्साको विद्यालयका सम्पूर्ण विद्यार्थीलाई तीन थान कापी कलम, पेन्सील, कटर र इरेजर वितरण गरेको छ । सो पाठ्य सामाग्री वितरण कार्याक्रममा वीरगंज २४ को वडा अध्यक्ष विजय पटेल , विद्यालयको सम्पूर्ण गुरुजन वर्ग यस गाउँको अभिभावकहरु र शाखा कार्यालको शाखा प्रबन्धक श्रीराम प्रसाद उप शाखा प्रमुखहरु र शाखाको कर्मचारीहरुको उपस्थिति थियो । सो कार्यक्रममा सो विद्यालयका बच्चाहरुलाई विद्यार्थीले गर्ने दैनिक कृयाकलाप र अनुशासनको बारेमा शाखा प्रबन्धकले जानकारी दिए ।

    सो विद्यालयमा सम्पूर्ण विद्यार्थीहरुलाई विभिन्न क्रियाकलाप गराई कार्यक्रम सम्पन गरिएको थियो । सोहि दिन यस कम्पनीको वीरगंज शाखाले प्रसौनि गाउँपालीकासँग अभिमूखी कार्यक्रम सम्पन्न गरेको छ । अभिमुखी कार्यक्रममा गाउँपालिकाकाे प्रमुख बिनोद जयसवाल, प्रमुख प्रशासकिय अधिकृत, इलाका प्रहरी कार्यालय प्रसौनीको प्रहरी प्रमुख र वडाका सम्पूर्ण वडा अध्यक्ष तथा विभिन्न गा पको कर्मचारी र वडा सदस्यहरुको उपस्थिती थियो ।

    यस अभिमुखी कार्यक्रममा यस कम्पनीको रणनीती प्रमुख, लघु बीमाका प्रमुख , प्रदेश प्रमुख तथा कम्पनीको कर्मचारीहरु तथा बजार प्रबन्धकको उपस्थिती रहेको थियो ।

    सो कार्यक्रमलाइ यस वीरगंज शाखाको शाखा प्रबन्धक श्रीराम प्रसादले संचाल गर्नु सँगै सबै अतिथीले बीमाको बारेमा प्रस्ट पारेका थिए । साथै, आउने दिनमा गाउँपालिको सबै बासिन्दालाई बीमाको दायरामा ल्याउनको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता गाउँपालिकाको प्रमुखले बताए ।

    प्रतिकृया दिनुहोस्