News Portal

  • तपाईंलाई सिटिजन लाइफको आइपीओ पर्यो ? कतिमा होला पहिलो कारोबार ?

    आर्थीकसंसार संवाददाता२९ भदौ, २०८०
    २३३ पटक
    २९ भदौ, २०८०

    काठमाडौं । सिटिजन लाइफको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । नेप्सेले कम्पनीलाई पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १७२ रुपैयाँ ४३ पैसा देखि अधिकतम ५१७ रुपैयाँ २९ पैसा सम्म रेञ्ज दिने सम्भावना देखिएको छ ।

    पहिलो कारोवारको लागि कम्पनीले वास्तविक किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन् । कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक नेट्वर्थको आधारमा रेञ्ज पाउने सम्भावना छ । स्पेसल प्री ओपनिङ सेशनमा सो रेञ्ज भित्र पहिलो कारोवार हुनुपर्छ । त्यसपछि मात्र कम्पनीको नियमित समयमा शेयर कारोवार शुरू हुन्छ ।

    सर्वसाधारण तर्फबाट कम्पनीको आईपीओमा ९ लाख आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २४४ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो ।

    प्रतिकृया दिनुहोस्