News Portal

  • सानिमा बैंकले घोषणा गर्यो लाभांश, कति दियो बोनश ?

    आर्थीकसंसार संवाददाता२८ भदौ, २०८०
    ९३ पटक
    २८ भदौ, २०८०

    काठमाडौं। सानिमा बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लभांश घोषणा गरेको हो । बैंकले कुल १४ दशमलव ७० प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

    जसअनुसार ९ प्रतिशत बोनश शेयर र कर प्रयोजनसहित ५ दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकको भदौ २८ दिउँसो ४ बजे बसेको सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको हो ।

    बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

    प्रतिकृया दिनुहोस्