News Portal

  • राष्ट्रिय बीमा संस्थानको विशेष साधारण सभाको मिति परिवर्तन, अब कहिले ?

    आर्थीकसंसार संवाददाता१५ भदौ, २०७८०
    २२२ पटक
    १५ भदौ, २०७८०

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानको विशेष साधारण सभाको मिति परिवर्तन भएको छ । कम्पनीले आज भदौ १५ गते शुक्रबार दिउँसो ३ः३० बजे बोलाएको विशेष साधारण सभा विशेष कारणवश यस मितिमा हुन नसकी भदौ २९ गते दिउँसो ३ः३० बजे गर्ने जनाएको छ । संस्थानको प्रधान कार्यालयमा सभा गर्नेछ ।

    सभाले बीमा ऐन २०७९ को दफा १७२ बमोजिम राष्ट्रिय बीमा संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने प्रस्ताव पेश गर्नेछ । सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली स्वीकृत गर्ने, संस्थानलाई कम्पनीमा परिणत गर्दा गर्नुपर्ने कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्