News Portal

  • माछापुच्छ्रे बैंकबाट कर्मचारी सञ्चय कोषको कर्जा तिर्न सकिने

    आर्थीकसंसार संवाददाता१७ कार्तिक, २०७७
    १४४४ पटक
    १७ कार्तिक, २०७७

    काठमाडौं । कर्मचारी सञ्चय कोषबाट लिइएको ऋणको सावा तथा व्याज माछापुच्छ्रे बैंकको कुनै पनि शाखाको काउन्टरबाट सहजै भुक्तान गर्न सकिने भएको छ ।
    कर्मचारी सञ्चय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरूलाई साँवा र ब्याजसहितको किस्ता रकम भुक्तानी गर्ने सेवा प्रदान गर्ने माछापुच्छ्रे बैंक पहिलो बैंक बनेको छ । यस व्यवस्थाले कर्मचारी सञ्चय कोषका ऋणीहरुलाई कर्जा भुक्तानी गर्न कर्मचारी सञ्चय कोष धाउन नपर्ने भएको छ ।
    यसअघि माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच कर्मचारी सञ्चय कोषका ऋणीहरुले लिएको ऋणको साँवा तथा व्याज कनेक्ट आइपीएसमार्फत भुक्तान गर्न सक्ने गरी सहमति भएको थियो र सोअनुरुप बैंक नपुगीकन विद्युतीय माध्यमबाटै किस्ता रकम सजिलै भुक्तानी गर्न सकिने कुरा बैंकले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्