News Portal

  • युनाइटेड अजोड इन्स्योरेन्सको नाफा ४४ प्रतिशतले बढ्यो, बीमा कोषको आकार ४२ करोड नाघ्यो

    आर्थीकसंसार संवाददाता३१ साउन, २०८०
    २३९ पटक
    ३१ साउन, २०८०

    काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षमा २० करोड २० लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४४.६९ प्रतिशतले बढेको हो ।

    इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को असार मसान्तमा १३ करोड ९६ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ ।

    साविकको युनाइटेड र अजोड इन्स्योरेन्स मर्जभएसँगै युनाइटेड अजोड इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ९० करोड रुपैयाँ पुगेको छ । इन्स्योरेन्सको जगेडा कोषको आकार बढेर ६० करोड ९७ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा १९ करोड ३८ लाख रुपैयाँ थियो ।

    त्यस्तै, इन्स्योरेन्सको बीमा कोष पनि ४२ करोड २ लाखबाट बढेर ७४ करोड ७२ लाख रुपैयाँ पुगेको छ । महाविपत्ति जगेडामा ३ करोड १९ लाख रुपैयाँ सञ्चित छ ।

    इन्स्योरेन्सको व्यवस्थापन खर्च भने बढेर ३ करोड २७ लाख पुगेको छ । जुन गत आवको असार मसान्तसम्ममा २ करोड ८३ लाख रुपैयाँ थियो । कम्पनी मर्जरमा गएसँगै व्यवस्थापन खर्च ह्वात्तै बढेको हो ।

    हालसम्म इन्स्योरेन्सले १ अर्ब ६३ लाख रुपैयाँ बराबरको कूल बीमाशुल्क संकलन गरेको छ । जुन गत वर्षको तुलनामा ४.४९ प्रतिशतले बढेको हो । २०७९ असारसम्ममा कम्पनीले एक अर्ब ५६ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको थियो ।

    त्यस्तै, जारी बीमालेखको संख्या घटेर एक लाख २६ हजार २७४ मा झरेको छ । इन्स्योरेन्सले अघिल्लो आवको असारसम्ममा १ लाख ३७ हजार २०७ वटा बीमालेख जारी गरेको थियो । समीक्षा अवधिमा २२ हजार ५२८ वटा बीमालेख नविकरण गरिएको थियो ।

    इन्स्योरेन्सले दावी भुक्तानी पनि बढाएको छ । अघिल्लो वर्ष ६९ करोड ४२ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरेको कम्पनीले गत आवमा ८० करोड ३५ लाख रुपैयाँ बराबरको दावी बीमितलाई भुक्तानी गरेको छ । इन्स्योरेन्सले १४ हजार २३३ जना बीमितलाई १ अर्ब ७५ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गर्न बाँकी छ ।

    मर्जरले बढायो बीमितहरुको विश्वास

    दुई इन्स्योरेन्स एक आपसमा गाभिएर एकीकृत कारोबार शुरु गरे पश्चात कम्पनी प्रति बीमितहरुको विश्वास थप बढेको इन्स्योरेन्सको विश्लेषण छ । कम्पनीको पुँजी वृद्धि र शाखा सञ्जाल वृद्धि भएअनुसार भविष्यमा कम्पनीले विविधिकरण गरी नयाँ सेवा सुविधा शुरु गरी कम्पनीलाई थप वित्तीय रुपमा सबल बनाउने योजना बनाएको छ ।

    समस्या र चुनौती

    नेपालमा बीमा कम्पनीहरू बीचको प्रतिस्पर्धा, सीमित बजारमा नियमनकारी निकायबाट थप नयाँ लघुबीमा कम्पनीहरूको स्वीकृति, रूस युक्रेन बीचको युद्ध कारण विश्व अर्थतन्त्रमा मन्दिको खतरा, सरकारी विकास खर्चमा कमी, दक्ष जनशक्तिको कमी, पूनर्बीमकहरूबाट प्रदान गरिने कमिसन र अन्य सुविधामा कटौतीले गर्दा आगामी दिनहरू बीमा व्यवसायको लागि चुनौतीपूर्ण रहेको कम्पनीको विश्लेषण छ ।

    त्यसैले कम्पनीले दुई कम्पनी एक आपसमा गाभिए पश्चात भएका कर्मचारीहरू तथा शाखा कार्यालयहरूको उचित व्यवस्थापन गरि कम्पनीलाई सिनर्जी प्रदान गर्ने प्रयाप्त तालिमको व्यवस्था गरी जनशक्तिलाई दुरूस्त पार्ने, नयाँ क्षेत्रमा लगानी एवं अवसरहरूको निरन्तर खोजी गर्दै जाने कम्पनीको योजना छ ।

    प्रतिकृया दिनुहोस्