News Portal

  • प्रभु महालक्ष्मीले ११४.८० प्रतिशत बढायो दाबी भुक्तानी, जीवन बीमा कोष ७.२४ अर्ब रुपैयाँ

    आर्थीकसंसार संवाददाता३० साउन, २०८०
    २४५ पटक
    ३० साउन, २०८०

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा १० करोड ५० लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७ करोड २६ लाख ३८ हजार रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४५ प्रतिशत नाफा बढाएको हो ।

    गत असारसम्म कम्पनीको खुद बीमा शुल्क १६.९१ प्रतिशत घटेर १ अर्ब ९० करोड ५५ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २९ करोड ३४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

    कम्पनीको खुद दाबी भुक्तानी ९१.४२ प्रतिशत बढेर ८३ करोड १० लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४३ करोड ४१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

    समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ११४.८० प्रतिशत बढेर ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ, जगेडा कोष ७३.९५ प्रतिशत बढेर ७४ करोड ७३ लाख रुपैयाँ र जीवन बीमा कोष १३८.५८ प्रतिशत बढेर ७ अर्ब २४ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।

    कम्पनीको प्रतिशेयर आम्दानी २.४५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ११९.०७ रुपैयाँ रहेको छ ।

    प्रतिकृया दिनुहोस्