News Portal

  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा ,न्युनतम मूल्य ३१३ रुपैयाँ

    आर्थीकसंसार संवाददाता२९ साउन, २०८०
    २०४ पटक
    २९ साउन, २०८०

    काठमाडौं ।  सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्रीमा रहेको छ।   इन्स्योरेन्सको एक जना संस्थापक शेयरधनीले आफ्नो नाममा कायम रहेको ६,९७,६८७ कित्ता संस्थापक शेयर प्रति रू.३१३/- न्युनतम मूल्य राखि बिक्री गर्न  लागेका हुन्।

    उक्त शेयर खरिद गर्न इच्छुक  साबिक संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

    कम्पनीले उल्लेख गरेको समयभित्र खरिद गर्न कुनै संस्थापकहरुबाट प्रस्ताव प्राप्त नभएमा प्रचलित कानुन बमोजिम संस्थापक बाहेक अन्य व्यक्ति तथा संस्थाहरुलाई समेत विक्री प्रक्रिया अगाडी बढाउने कम्पनीले जनाएको छ ।
    प्रतिकृया दिनुहोस्