News Portal

  • नेकोन एयरलाई ऋण चुक्ता गर्न ५ बैंकको ताकेता

    आर्थीकसंसार संवाददाता२८ असार, २०८०
    २६८ पटक
    २८ असार, २०८०

    काठमाडौं । नेकोन एयर लिमिटेडका सञ्चालक दिपमणी राजभण्डारी र रबिन्द्र श्रेष्ठलाई विभिन्न बैंकबाट लिएको ऋण चुक्ता गर्न ताकेता गरिएको छ । ऋण असुली न्यायाधिकरणले बैंकबाट लिएको कर्जा ७ दिनभित्र चुक्ता गर्न नेकोन एयरका सञ्चालकहरुलाई ताकेता गरेको हो ।
    नेकोन एयरका सञ्चालक रहेका दिपमणि राजभण्डारी र रबिन्द्र श्रेष्ठले बैंकहरुबाट लिएको कर्जाको साँवा र ब्याजसहित ७ दिनभित्र चुक्ता गर्न भनेको हो । नेकोन एयरको नामबाट राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबिआई बैंक, नबिल बैंक, कुमारी बैंक र एनआईसी एशिया बैंकबाट कर्जा लिएका थिए । तर, लामो समयसम्म पनि कर्जा असुल नगरेपछि चुक्ता गर्न ऋण असुली न्यायाधिकरणले ताकेता गरेको हो ।
    नेकोन एयरका सञ्चालक दिपमणि राजभण्डारी र रबिन्द्र श्रेष्ठले साविक नेपाल इण्डष्ट्रियल एण्ड कमर्शियल बैंक (हाल एनआईसि एसिया बैंक)बाट ७७ लाख ३७ हजार ५३७ रुपैयाँ कर्जा लिएका थिए । सो ऋणको १३.५ प्रतिशत ब्याजसहित साँवा रकम चुक्ता गर्नु पर्नेछ ।
    यस्तै, राष्ट्रिय वाणिज्य बैंकबाट ९६ लाख ६३ हजार २९३ रुपैयाँ ऋण लिएका थिए । जसको १४ प्रतिशतब्याजसहित साँवा तिर्न ऋण असुली न्यायाधिकरणले ताकेता गरेको हो ।
    यस्तै, नेपाल एसबिआई बैंकको ४ करोड ५८ लाख ७० हजार ४२५ रुपैयाँ कर्जा छ । सो कर्जाको १४ प्रतिशत ब्याजसहित साँवा रकम तिर्नु पर्नेछ । यस्तै, नबिल बैंकको १३ करोड २९ लाख ८ हजार रुपैयाँ कर्जा चुक्ता गर्नु पर्नेछ । यस्तै, साविक नेपाल क्रेडिट एण्ड कमर्श बैंक (कुमारी बैंक) को १ करोड ४४ लाख ७० हजार ९६९ रुपैयाँ चुक्ता गर्न भनेको हो । जसको ब्याज १५.१७ प्रतिशत रहेको छ ।

    प्रतिकृया दिनुहोस्