News Portal

  • सनराइज बैंकले गर्यो पशुपालन र आलु खेती सम्बन्धी तालिम

    आर्थीकसंसार संवाददाता४ असार, २०८०
    २०८ पटक
    ४ असार, २०८०

    काठमाडौं । सनराइज बैंकले सुन्सरीको झुम्का नगरपालिकामा मासु उत्पादनका लागि पशुपालन सम्बन्धी र डडेलधुरामा आलु खेती सम्बन्धमा सिपमुलक तालिम तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
    स्थानीय तहमा सुुहाउँदो कृषि व्यवसाय सम्बन्धी तालिम स्थानीय व्यक्तिहरुलाई प्रदान गरेर उनीहरुको आम्दानीमा मद्दत गर्ने तथा त्यस व्यवसायमा आवश्यक पर्ने बैंकिङ्ग ज्ञान प्रदान गर्ने उद्देश्यका साथ अषाढ १ गतेदेखि झुम्का, सुन्सरीमा ३१ जना सहभागिहरुका साथमा २ दिने मासु उत्पादनका लागि पशुपालन सम्बन्धी सिपमुलक तालिम तथा वित्तिय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो ।
    सनराइज बैंक कोशी प्रदेशका प्रमुख विनोद गजुरेल र बैंकका अन्य पदाधिकारीहरुको उपस्थितिमा उक्त कार्यक्रम गरिएको थियो । २ दिने कार्यक्रमको प्रशिक्षण डा. नागेन्द्र बहादुर दाहाल र सबिन खतिवडाले गरेका थिए । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको उक्त कार्यक्रम विशेषगरी बाख्रा, बङ्गुर र कुखुरा पालनमा केन्द्रित सिपमुलक तालिम दिइएको थियो ।
    त्यसै गरी कृषकहरु समक्ष कृषी, आम्दानी वृद्धि र बैंकिङ्ग ज्ञान प्रदान गर्न जेठ ३२ गतेदेखि अमरगढी ०८, डडेलधुरामा आयोजित २ दिने आलु खेती उत्पादन तथा वित्तिय साक्षरता कार्यक्रममा ४० जना सहभागिहरु थिए ।
    यस तालिमले आलुको व्यवसायिक उत्पादन, बजारिकरण, आलुबाट बनाउन सकिने सामाग्री सम्बन्धि ज्ञान र त्यसबाट आफ्नो आयलाई कसरी बढाउन सकिन्छ भन्नेबारे ज्ञान समेत दिइएको थियो ।

     

    प्रतिकृया दिनुहोस्