News Portal

  • नेपाल बैंकले विभिन्न सेवाहरु निःशुल्क प्रदान गर्ने

    आर्थीकसंसार संवाददाता२ कार्तिक, २०७७
    १०४६ पटक
    २ कार्तिक, २०७७

    काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंकले ग्राहकहरुलाई विभिन्न सेवाहरु निःशुल्क प्रदान गर्ने भएको छ । ८४औं वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नो कार्तिक १ गतेदेखि विभिन्न सेवा सुविधा निःशुल्क प्रदान गर्ने भएको हो ।
    बैंक विक्रम सम्वत् १९९४ कार्तिक ३० गते लक्ष्मी पूजाको दिन स्थापना भएको हो । आफ्नो स्थापनाको ८४औं वर्ष प्रवेशको अवसरमा बैंकले ग्राहकलाई कार्तिक १ गतेदेखि निक्षेप खाताहरुमा मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट एकाउन्ट, मेरो सेयर, सीआश्वा र भिसा डेबिट कार्ड निःशुल्क प्रदान गर्ने भएको छ । साथै, ८४औं वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले विभिन्न कार्यक्रमहरुसमेत सञ्चालन गर्ने भएको छ ।

    प्रतिकृया दिनुहोस्