News Portal

  • एनआईसी बैंकद्वारा आकर्षक नगद फिर्ता योजना सार्वजनिक

    आर्थीकसंसार संवाददाता२७ असोज, २०७७
    १४२२ पटक
    २७ असोज, २०७७

    काठमाडौं । एनआईसी एशिया बैंकको कार्डबाट भुक्तानी गर्दा २५ प्रतिशतसम्म पैसा फिर्र्ता पाइने भएको छ । बैंकले सार्वजनिक गरेको आकर्षक नगद फिर्ताको योजनाअन्तर्गत ग्राहकले उक्त छुट पाउने भएका हुन् । सो आकर्षक योजनाअन्तर्गत सस्तो डिल, ग्यापु मार्केट प्लेस, ठूलो पसल, इन्फिस्टोर, ओकेदम र कलमार्टजस्ता ई–कमर्शबाट बैंकका ग्राहकले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।
    बैंकले डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्नका निमित्त उक्त ई–कमर्श कम्पनीहरूबाट जुनसुकै सामग्रीहरू खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हो । बैंकले सस्तो डिल र ग्यापु मार्केटप्लेसमा २० प्रतिशत वा रू.२००० सम्म, कलमार्टमा २५ प्रतिशत वा रू. १५०० सम्म तथा ठूलो पसल, इन्फिस्टोर र ओकेदम मा १५ प्रतिशत वा रू. १००० सम्म नगद फिर्ता हुने व्यवस्था गरेको छ ।
    एनआईसी बैंकमा आबद्ध ग्राहकले असोज २७ गतेदेखि कात्तिक १ गतेसम्म ई–कमर्शहरूबाट किनमेल गर्दा डिजिटल भुक्तानी गरी उक्त नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । बैंकले उक्त ई–कमर्शहरूसँग समझदारी गरी आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हुँदा ग्राहकले सो अवसरको फाइदा लिनुहुने बैंकले विश्वास लिएको छ । साथै, यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको आईसर्भमार्फत समयमै आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन बैंकले अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्