News Portal

  • संक्रमणको अवस्था हेरेर स्थानीय तहले नै लकडाउन गर्नेछ

    आर्थीकसंसार संवाददाता२२ साउन, २०७७
    ५०४ पटक
    २२ साउन, २०७७

    काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले सरकारले अहिले नै देशभर लकडाउन नगर्ने बताएका छन् । खतिवडाले संक्रमणको अवस्थालाई हेरेर स्थानीय तहले नै लकडाउनको तय गर्न सक्ने समेत बताए । बिहीबार मन्त्रिपरिषिद बैठकको निर्णय सार्वजनिक गर्दै खतिवडाले गत चैत ११ देखिको जस्तो लकडाउन गर्ने पक्षमा सरकार नरहेको बताएका हुन् ।
    मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री खतिवडाले जोखिम हुने ठाउँमा सेवा रोक्दै जानुपर्ने अवस्था आउन सक्ने तर मुलुकव्यापी रुपमा लकडाउन नहुने प्रस्ट्याए । खतिवडाले भने, ‘सरकारले चैतमा घोषणा गरे जसरीको विधि अपनाएर जानेतर्फ सोचेको छैन । जोखिम बढ्यो भने स्थानीय प्रशासनले कदम चाल्न सक्छ ।’ मन्त्री खतिवडाले सरकारले परिस्थितिअनुसार लकडाउन हटाउने र आंशिक विधि अपनाएर केही खुकुलो पार्ने वा जोखिम बढेको स्थानमा कडाइ गर्न सक्ने बताए ।
    काठमाडौंभित्र संक्रमणको जोखिम बढेकाले सिहंदरबार प्रवेशमा सर्वसाधरणलाई रोक लगाइएको खतिवडाको भनाइ छ । यस्तै उपत्यकामा जोरबिजोर प्रणाली संक्रमणको जोखिम बढेर नै लगाइएको उनले बताए ।
    उनले अहिले बढेको संक्रमणको जोखिमले अति उद्दार भएर सार्वजनिक बस खोल्ने, विद्यालय खोल्ने, विमानस्थल खोल्ने अवस्था नरहेको बताए । त्यस्तै विदेशमा अलपत्र रहेका जो ल्याउनैपर्ने अवस्था भएकोलाई ल्याउने र केही बस्न सक्नेलाई सहज भएपछि नेपाल फर्काउने तयारी रहेको उनले बताए ।

    प्रतिकृया दिनुहोस्