News Portal

  • आइएमई जनरलको नाफा १३ करोड बढी, आयात कडाई गर्दा वृद्धि हुन सकेन

    आर्थीकसंसार संवाददाता२७ माघ, २०७९
    ३३२ पटक
    २७ माघ, २०७९

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ८ प्रतिशत बढेर १३ करोड ९ लाख १६ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड १३ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
    चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ८ प्रतिशत बढेर ४० करोड ५६ लाख २४ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ६३ लाख २५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
    पुस मसान्तसम्ममा कम्पनीको खुद दावी भुक्तानी ७ प्रतिशत घटेर १२ करोड ६३ लाख ७५ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ७२ लाख १५ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीले अभिकर्ता कमशिन १ करोड ३८ लाख रुपैयाँ गरेको छ ।
    कम्पनीको पुनर्बीमा कमिसशन आय १२ करोड ४३ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी २ करोड २४ लाख रुपैयाँ रहेको छ ।
    समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ४७ प्रतिशत बढेर १ अर्ब ७० करोड १६ लाख रुपैयाँ, जगेडा कोष ६ प्रतिशत बढेर ३२ करोड ८० लाख रुपैयाँ र बीमा कोष १५ प्रतिशत बढेर ६१ करोड ११ लाख रुपैयाँ रहेको छ ।
    कम्पनीको कुल बीमा शुल्क आर्जन ९० करोड २६ लाख १४ हजार रुपैयाँ, बीमा लेख जारी संख्या ५७ हजार २०५ वटा, कुल दावी भुक्तानी रकम ३९ करोड १ लाख रुपैयाँ, ७ हजार ७८७ दावी वापत १ अर्ब २८ करोड १८ लाख रपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।
    यस अवधिमा कम्पनको प्रतिसेयर आम्दानी १५.३९ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १५५.१९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३१.२० गुणा रहेको छ ।
    समिक्षा अवधिमा बैंक तथा वित्तीय क्षेत्रमा आएको तरलताको समस्याले गर्दा बैंक तथा वित्तीय क्षेत्रबाट कर्जा प्रवाहमा कमी आएको र सवारी साधन लगायतका विभिन्न वस्तु तथा सेवाहरुको आयातमा कडाई गर्दा कारण बीमाको वृद्धिमा तुलनात्मक रुपमा कमी भएको कम्पनीले बताएको छ । साथै अब तरलता समस्या समाधान हुँदै जाँदा समग्र व्यवसाय विस्तार भई बीमा व्यवसायमा पनि सकारात्मक वृद्धि हुने अपेक्षा कम्पनीले गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्