News Portal

  • अर्थतन्त्र दबाबमै छ, अहिलेको काममा हामी पनि सन्तुष्ट छैनौं : अर्थमन्त्री पौडेल

    आर्थीकसंसार संवाददाता१० माघ, २०८१
    ९ पटक
    १० माघ, २०८१

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाज पौडेलले लामो समयदेखि दबाबमा रहेको अर्थतन्त्रले अझै पनि सकस भोगिरहेको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको ६०औं वार्षिकोत्सब कार्यक्रमका प्रमुख अतिथिकाे रूपमा बाेल्दै उनले देशको अर्थतन्त्र अझै पनि दबाबमा रहेको बताएका हुन् ।

    ‘अर्थतन्त्र दबाबमै छ, यसलाई चिर्दै अगाडि बढिरहेका छौं, त्यसमा केही सफलता पनि मिलेको छ । हामी पनि त्यसमा हामी सन्तुष्ट छैनौं, कामको रफ्तार अझै बढाउनु पर्नेछ,’ उनले भने ।

    उनका अनुसार अर्थतन्त्र सुधारका लागि बैंकहरुको भूमिका पनि महत्वपूर्ण हुन्छ । तरलतालाई उत्पादन र रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गरेर देशको अर्थतन्त्रमा प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

    उनले अहिले सरकारले औसत काम गरेर बस्ने स्थिति नरहेको धारणा राखे । ‘हामीले त्यतिकै दिन बिताएर बस्ने अवस्था छैन, छोटो अवधिमा दूरगामी प्रभाव पार्ने काम गरिरहेका छौं, हामी दिन गनेर बसेका छैनौं, त्यसका केही संकेत पनि देखिएको छ,’ उनले भने ।

    अर्थमन्त्री पाैडेलले यो बीचमा सरकारले २९ वटा ऐनलाई शंसोधन गरेर अध्यादेश ल्याएको बताउँदै संसद चलेपछि त्यसलाई अनुमोदन गरेर कार्यान्वयन गर्ने धारणा राखे ।

    ‘हामीसँग समयको चाप छ, मानिसहरुमा निराशा छ, त्यसलाई चिर्नुपर्ने अवस्था छ, देशभित्र रोजगारी सिर्जना गर्न र देशमै भविशय देखाउनका लागि महत्वपूर्ण काम गरिरहेका छौं, सुशासन, विदेशी लगानी र रोजगारी सिर्जनामा प्रगति गर्न चाहिरहेका छौं,’ उनले भने ।
    उनले राष्ट्रिय वाणिज्य बैंकले अन्य बैंकको तुलनामा थप उपलब्धि हासिल सफल भएको बताए ।

    प्रतिकृया दिनुहोस्