आर्थीकसंसार संवाददाता१७ माघ, २०७९
१७ माघ, २०७९काठमाडौं । एउटा बैंकको कार्ड प्रयोग गरी अर्को बैंकको एटीएमबाट पैसा झिक्दा १५ रुपैयाँभन्दा बढी लिन नपाइने भएको छ ।
राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै अन्तर एटीएम कारोबार बढीमा १५ रुपैयाँसम्म शुल्क लिन पाउने बताएको हो ।
‘बैंक तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड स्वदेश भित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग हुँदा प्रति कारोबार बढीमा १५ रुपैयाँसम्म शुल्क लिन सक्नेछन्,’ एकीकृत निर्देशिकामा भनिएको छ ।
यसअघि यस्तो कारोबारमा बैंक तथा वित्तीय संस्थाले प्रति कारोबार बढीमा २० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था थियो ।
यस्तै, अब हरेक अन्तर एटीएम कारोबारमा शुल्क लाग्ने भएको छ । यसअघि मासिक न्यूनतम २ वटा अन्तर एटीएम कारोबारमा शुल्क लिन नपाइने व्यवस्था थियो ।