News Portal

  • समृद्धि फाइनान्सको विजनेस डेभलपमेन्ट वर्कसप कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१५ माघ, २०७९
    २८८ पटक
    १५ माघ, २०७९

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले माघ १३ र १४ गते विजनेस डेभलपमेन्ट वर्कसप कार्यक्रम आयोजना गरेको थियो । उक्त दुई दिने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको कम्पनीले जनाएको छ । उक्त कार्यक्रममा संस्थाको अर्धवार्षिक समिक्षा गरिएको थियो ।
    साथै, कार्यक्रममा आगामी रणनितिक योजनाको बारेमा छलफल गरिएको थियो । काठमाण्डौंको मस्र्याङ्दी होटलमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सहितको उच्च व्यवस्थापन, विभागिय प्रमूखहरु र सबै शाखाका शाखा प्रबन्धहरूको उपस्थिति रहेको थियो ।
    राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले हाल ८ वटा शाखा कार्यालयहरु मार्फत सेवा प्रवाह गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्