News Portal

  • जुगल गाउँपालिकाले गरिदियो ३० परिवारको जीवन बीमा

    आर्थीकसंसार संवाददाता१३ माघ, २०७९
    ३७५ पटक
    १३ माघ, २०७९

    काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाद्वारा विभिन्न जनआन्दोलनका सहिद परिवार ,घाइते परिवार,अति विपन्न तथा विपन्न स्वास्थ्य ३० परिवारको जीवन बीमा गरिदिएको छ । यससँगै यस पालिकाले देशभरका ७५३ वटा स्थानीय तहमध्ये कै पहिलो पटक जीवन बीमा गरिदिने पहिलो पालिका भएको हो ।
    रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले जारी गरेको उक्त बीमालेख सम्वन्धित बीमितहरुलाई गाउँपालिका अध्यक्ष रेशम स्याङ्वोले हस्तान्तरण गरेका हुन् । पालिकाले छुट्टयाइएको ५ लाख रकमवाट १० बर्षे साबधिक तथा आजिबन जीवन बीमा गरेको हो ।
    यो पहिलो बर्षको १० बर्षसम्म पालिकाले ५ र ५ लाख किस्ता बन्दीमा बीमाशुल्क भुक्तानी गर्नेछ । अध्यक्ष स्याङ्वोले यो पहिलो चरणको हो र आगामी बर्षहरुमा पनि आवश्यकता पहिचान गरि निरन्तर अघि बढाउने योजना रहेको बताए । अब जनप्रतिनिधि र कर्मचारीको पनि छिटै बीमा गर्ने समेत उनले बताए ।
    यस्तै उनले बलेफि हाईड्रोपावर समेत भएको पालिका भएपनि स्थानियले लाभ लिन नसकेको गुनासो गरेका छन् । हाईड्रोमा चाहिने जनशक्ति बाहिराबाट आउनने गरेको भन्दै अबका दिनमा स्थानिय नै परिचालन गर्ने योजना रहेको उनले बताएका छन् ।
    जनता खुसि भए भने मात्रै विकास भएको अनुभुती हुने आफुलाई हुने अध्यक्ष स्याङ्बोको भनाइ छ ।
    इन्स्योरेन्सका क्षेत्रीय प्रवन्धक राजकुमार गिरीले बिमाको विषयमा जानकारी गराएका थिए । उक्त कार्यक्रममा चौतारा शाखाका शाखा प्रबन्ध लक्ष्मण बिष्ट र पत्रकार बीमितहरुको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्