News Portal

  • सबैको लघुवित्तको लाभांश घोषणा, कति दियो नगद र बोनस शेयर ?

    आर्थीकसंसार संवाददाता१२ माघ, २०७९
    २१७ पटक
    १२ माघ, २०७९

    काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको माघ ११ गते अपरान्ह साढे चार बजे बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी २७ करोड रुपैयाँको १८ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । संस्थाले कर प्रयोजनका लागि ०.९५ प्रतिशत नगद लाभांशको पनि प्रस्ताव गरेको छ ।
    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै आगामी वार्षिक साधारणसभामा पेश गर्न सकिनेछ । साधारणसभाले लाभांश पारित गरे पछि बल्ल शेयरधनीले पाउन सक्ने छन् । प्रस्तावित बोनस शेयर वितरण पछि संस्थाको चुक्ता पूँजी ३१ करोड ८६ लाख रुपैयाँ पुग्नेछ । संस्थागत यस भन्दा अघिल्लो आर्थिक वर्षमा ३२.६८ प्रतिशत लाभांश दिएको थियो ।

    प्रतिकृया दिनुहोस्