News Portal

  • आयशा र पार्वतीलाई तेक्वान्दोमा स्वर्ण पदक

    आर्थीकसंसार संवाददाता१९ असोज, २०७७
    १४७९ पटक
    १९ असोज, २०७७

    काठमाडौं । आयशा शाक्य र पार्वती गुरुङले प्रथम बंगलादेश तेक्वान्दो अनलाइन अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका छन् ।
    महिलातर्फ आयशाले ४० वर्षमुनि र पार्वतीले ३० वर्षमुनि उमेर समूहमा स्वर्ण जितेको तेक्वान्दो प्रशिक्षक ओलम्पियन दीपक विष्टले जनाएका छन् । पार्वतीले स्वर्ण जितेको स्पर्धामा नीता गुरुङ रजतमा सीमित भइन् ।
    पुरुष २४ वर्षमुनि कृष्णबहादुर तामाङले रजत हात पारे भने दीपेन्द्र गुरुङले छैटौं स्थानमा रहे । सोही उमेर समूहको महिला स्पर्धामा सिना मादेन दोस्रो भइन् ।

    प्रतिकृया दिनुहोस्