काठमाडौं । सनराइज क्यापिटलले आफ्नो सेवाको ३० बर्षे पुरा गरेको अवसरमा बिशेष छुट योजना ल्याएको छ। नेपालको मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्ने पहिलो कम्पनीका रुपमा बि.सं २०४९ माघ १ गतेका दिन एनआईडिसि क्यापिटल मार्केट्स लिमिटेडको नामबाट संचालनमा आएको क्यापिटलले सनराइज क्यापिटलको नामबाट कारोबार थालेको हो।
सनराइज बैंकले प्राप्ति गरेपश्चात बि.स २०६७ मा एनआईडिसि क्यापिटल मार्केट्स लिमिटेडको सहायक कम्पनी एनसिएम मर्चेण्ट बैकिङ्ग सनराइज क्यापिटलमा रुपान्तरण भएको हो। ३० वर्ष पूरा गरेको उपलक्ष्यमा ल्याइएका छुट योजनाहरु २०७९ साल माघ १ गतेदेखि लागु हुने क्यापिटलले जनाएको छ।
निःशुल्क डिम्याट खाता ३० दिनका लागि लगानी व्यवस्थापन सेवाको शुल्कमा तीन वर्षका लागि ३० प्रतिशत छुट, ३० लाख र सो माथिको लगानी व्यवस्थापनका लागि ३० दिनका लागि निःशुल्क प्रशासनिक शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट पाइनेछ , साथै, पहिलो ३० जना ग्राहकहरुलाई निःशुल्क, संस्थागत परामर्श शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट पाइनेछ ।
सनराइज क्यापिटलले हाल दुई वटा म्युचुअल फण्ड “सनराईज फस्र्ट म्युचुअल फण्ड” र “सनराइज ब्लूचिप फण्ड” को व्यवस्थापन गर्दै आईरहेको छ भने नयाँ म्युचुअल फण्ड “सनराईज फोकष्ड ईक्विटी फण्ड” निष्काशनको क्रममा रहेको छ।
हाल कम्पनीले मर्चेण्ट बैंकिङ्ग कारोवार अन्तर्गत नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी शेयर निष्काशन तथा विक्रि प्रबन्धक, कोष व्यवस्थापक, शेयर रजिष्ट्रार, शेयर प्रत्याभूती, निक्षेप सदस्य, लगानी व्यवस्थापन, लगानी परार्मश सेवाको कार्य गर्दै आईरहेको छ ।
सनराइज क्यापिटलले ल्यायो विशेष छुट योजना
आर्थीकसंसार संवाददाता२ माघ, २०७९
२ माघ, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी