News Portal

  • महालक्ष्मी विकास बैंकले गर्याे विभिन्न संस्थालाई सहयोग

    आर्थीकसंसार संवाददाता१६ मंसिर, २०७९
    ३२५ पटक
    १६ मंसिर, २०७९

    काठमाडौं । महालक्ष्मी विकास बैंकका विभिन्न शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गतका कार्यक्रमहरु सम्पन्न गरेका छन् ।
    बैंकको थापाथली शाखाले त्रिपुरेश्वरस्थित नेपाल दृृष्टिविहिन कल्याण संघमा अध्ययनरत बालबालिकाहरुलाई ब्रेल पुस्तक तयार गर्न १८७५ थान ब्रेल पेपर सहयोग गरेको छ । संस्थामा अध्ययनरत बालबालिकाहरुको शिक्षामा थप टेवा पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको बैंकले जनाएको छ ।
    यस्तै, बैंकको न्युरोड शाखाले सराङकोट धार्मिक एवं पर्यटक क्षेत्र विकास समितिलाई पंञ्चमुखि गणेश मुर्ती स्थापनाको लागी ५० हजार रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोगबाट धार्मिक एवं पर्यटकीय विकासमा थप टेवा पुग्ने अपेक्षा बैंकले गरेको छ ।
    यस्तै, बैंकको ठुटिपिपल शाखाले ओमसत्तिया गाँउपालिका १, रुपन्देहीमा रहेको श्री गंगा विशुन आधारभूत विद्यालयलमा अध्ययनरत बालबालिकाको लागि बाल उद्यान सम्बन्धी पिङ्ग, ढिके पिङ्ग लगायतका सामाग्री हस्तान्तरण गरेको जनाएको छ । मनोरञ्जनका गतिविधिहरुले बिद्यार्थीहरुको सर्वाङ्गिण विकासमा सहयोग पुग्ने अपेक्षा बैंकले गरेको छ ।
    यस्तै, बैंकको रुकुम शाखाले जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) लाई मिटिङ टेबुल हस्तान्तरण गरेको छ । प्रहरी कार्यालयको बैठक कक्षमा विभिन्न बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सहज हुने बैंकले विश्वास लिएको छ ।
    बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने बताएको छ ।

     

    प्रतिकृया दिनुहोस्