News Portal

  • नेपाल इन्भेष्टमेन्ट बैंकको छलाङ, सबै सूचक बढायो

    आर्थीकसंसार संवाददाता७ कार्तिक, २०७९
    ३७४ पटक
    ७ कार्तिक, २०७९

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा २३.४७ प्रतिशत बढेको छ । बैंकले तीन महिनामा १ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएको हो । गत वर्षको सोही अवधिमा बैंकले ९२ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
    असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ६६.४९ प्रतिशत बढेर २ अर्ब २१ करोड रुपैयाँ, खुद फि तथा कमिशन आम्दानी ४.५१ प्रतिशत बढेर ३३ करोड ३४ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ३१.८७ प्रतिशत बढेर १ अर्ब ७० करोड रुपैयाँ र सञ्चालन मुनाफा २३.४७ प्रतिशत बढेर १ अर्ब ६२ करोड रुपैयाँ छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।
    समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ १९ पैसा बढेर २४ रुपैयाँ ९२ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १०.६३ गुणा छ भने प्रतिसेयर नेटवर्थ १९२.३२ रुपैयाँ रहेको छ ।
    बैंकको चुक्ता पूँजी १८ अर्ब ३० करोड रुपैयाँ, जगेडा कोष ५.८६ प्रतिशत बढेर १६ अर्ब ९० करोड रुपैयाँ, निक्षेप ४.०६ प्रतिशत बढेर १ खर्ब ९२ अर्ब ३० करोड रुपैयाँ र कर्जा ७.०७ प्रतिशत बढेर १ खर्ब ६८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

     

    प्रतिकृया दिनुहोस्