News Portal

  • सिद्धार्थ बैंकबाट अनलाइन कारोबार गर्दा २० प्रतिशत क्यासब्याक पाइने

    आर्थीकसंसार संवाददाता ८ असोज, २०७९
    २१८ पटक
    ८ असोज, २०७९

    काठमाडौं । सिद्धार्थ बैंकले दसैँको बहार, क्यासब्याक उपहार योजना ल्याएको छ । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ, बैंकले असोज ८ गतेदेखि लागु हुने गरी उक्त योजना ल्याएको हो ।
    यस योजना अन्तर्गत ग्राहकले यहि आश्विन ८ गते देखि १४ गतेसम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पिओएस् अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत (अधिकतम २०० रुपैयाँ) क्यास ब्याक पाउन सक्ने छन् ।
    यस योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानी तर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ । आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट तथा क्यासब्याक योजना दिंदै आएको र आगामी दिनहरुमा पनि यस्ता योजनाहरु निरन्तर लागु गर्दै जाने बैंकको योजना रहेको छ ।
    बैंकले हाल देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११८ शाखारहित बैंकिङ्ग सेवा, १७ सयभन्दा बढी पिओएस् मेसिन र २० हजारभन्दा बढी क्यूआर मर्चेन्ट मार्फत प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्