News Portal

  • एथ्लेटिक्स प्रशिक्षक राईको निधन

    आर्थीकसंसार संवाददाता२० साउन, २०७७
    १०७० पटक
    २० साउन, २०७७

    काठमाडौं । एथ्लेटिक्स प्रशिक्षक रवीनकुमार राईको निधन भएको छ । राई क्यान्सर रोगबाट पीडित थिए । भक्तपुरस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचारको क्रममा उनको निधन भएको हो । उनको पशुपती आर्यघाटमा दाहसंस्कार समेत गरिएको छ ।
    सल्यान स्थायी घर भएका राई सल्यान जिल्ला खेलकुद विकास समितिको एथ्लेटिक्स सहायक प्रशिक्षक थिए । राईले २०५२ सालदेखि एथ्लेटिक्समा काम गर्दै आएका थिए ।
    राखेपका अस्थायी प्रशिक्षक रहेका राईलाई ब्रेन ट्युमर देखिएपछि काठमाडौंको अन्नपूर्ण न्युरो हस्पिटल ल्याएर शल्यक्रिया गरिएको थियो । राईलाई जाँचको क्रममा क्यान्सर भएको पत्ता लागेपछि उनी काठमाडौं क्यान्सर सेन्टरमा उपचाररत थिए । उनको स्वास्थ्य अवस्था पछिल्लो समयमा झन्झन् नाजुक बन्नै गएको थियो । मोफसलमा बसेर एथ्लेटिक्समा योगदान गर्दै आएका राईले राष्ट्रिय स्तरमा समेत राम्रा खेलाडी उत्पादन गरेका थिए । राईका श्रीमती, एक छोरा र एक छोरी छन् ।

    प्रतिकृया दिनुहोस्