News Portal

  • नेपाल बैंकबाट आइपीओ भर्दा सिआस्वा शुल्क नलाग्ने

    आर्थीकसंसार संवाददाता१५ भदौ, २०७९
    २५२ पटक
    १५ भदौ, २०७९

    काठमाडौं । बैंक नेपाल बैंक लिमिटेडबाट आइपीओ भर्ने ग्राहकहरुले धितोपत्र आबेदनमा तिर्नुपर्ने सिआस्वा शुल्कमा पुरै छुट पाउने भएका छन् ।
    बैंकका अनुसार अबदेखि सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकबाट निःशुल्क रुपमा आइपीओ भर्न सक्ने बैंकले जनाएको छ । हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सम्बन्धी सुबिधा उपलब्ध गराए बापत बैंक तथा वित्तीय संस्थाले बढिमा पाँच रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ ।
    नेपाल बैंकले नेपालभर २१९ शाखाहरु, १८६ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत् ग्राहकहरुलाई वित्तीय सेवा पुर्याउँदै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्