News Portal

  • प्रभु इन्स्योरेन्सले अभिकर्ताको तालिम तथा परीक्षा सञ्चालन गर्दै

    आर्थीकसंसार संवाददाता६ कार्तिक, २०८१
    १२ पटक
    ६ कार्तिक, २०८१

    काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ताको तालिम तथा परीक्षा सञ्चालन गर्ने भएको छ । कम्पनीले कात्तिक २८ गतेदेखि ३० गतेसम्म तालिम सञ्चालन हुने जनाएको छ भने परीक्षा कात्तिक ३० गते बेलुका ५ बजेदेखि ६ बजेसम्मको हुने जानकारी दिएको छ ।

    न्यूनतम् एसएलसी वा सो सरह उत्तिर्ण गरेका व्यक्तिले कम्पनीमा सम्पर्क गरी तालिममा सहभागि हुन आग्रह गरेको छ । उक्त तालिममा सहभागी हुनको लागि प्रतिव्यक्तिले ७ सय रुपैयाँ ग्लोबल आइएमई बैंकका रहेको सम्बन्धित खातामा जम्मा गर्नुपर्ने कम्पनीले जनाएको छ ।

    कम्पनीको केन्द्रिय कार्यालय, तिनकुने काठमाडौँबाट भर्चुअल माध्यमबाट तालिम सञ्चालन हुने छ ।

    प्रतिकृया दिनुहोस्