News Portal

  • साढे ९ करोडको सेयर स्वामित्व रहेका चार ठूला सेयरधनी कामना सेवाबाट बाहिरिए, तीन लगानीकर्ताको आगमन

    आर्थीकसंसार संवाददाता५ कार्तिक, २०८१
    १७ पटक
    ५ कार्तिक, २०८१

    काठमाडौं । कामना सेवा विकास बैंकबाट चार ठूला संस्थापक बाहिरिएका छन् भने नयाँ तीन ठूला लगानीकर्ता थपिएका छन् । गत आर्थिक वर्ष २०८०/८१ को असारसम्म हाथवे इन्भेष्टमेन्ट नेपालसहित गणेशबहादुर श्रेष्ठ, ओमकार गौचन र राजेन्द्रनिधि कोइराला बैंकबाट बाहिरिएका हुन् ।

    आव २०७९/८० को असारसम्म बैंकमा हाथवे इन्भेष्टमेन्टको ०.९४ प्रतिशत अर्थात् ३ लाख ९ हजार ८९३ कित्ता, गणेश बहादुर श्रेष्ठको ०.७३ प्रतिशत अर्थात् २ लाख ३९ हजार ३४३ कित्ता, ओमकार गौचनको ०.७२ प्रतिशत अर्थात् २ लाख ३५ हजार ८३६ कित्ता र राजेन्द्रनिधि कोइरालाको ०.५४ प्रतिशत अर्थात् १ लाख ७५ हजार ८५७ कित्ता सेयर स्वामित्व थियो । तर, गत वर्ष भने यी ठूला संस्थापक बैंकबाट बाहिरिएका हुन् ।

    बैंकका अनुसार इन्टेग्रा सोर्सेस प्रालि, माया होल्ड प्रालि र लिला गौचन बैंकको नयाँ संस्थापक सेयरधनीका रूपमा थपिएका छन् । इन्टेग्रा सोर्सेस प्रा.लिको १.५५ प्रतिशत अर्थात् ५ लाख ९ हजार ८९२ कित्ता, माया होल्ड प्रालीको ०.७२ प्रतिशत अर्थात् २ लाख ३६ हजार ४२० कित्ता र लिला गौचनको ०.७० प्रतिशत अर्थात् २ लाख २८ हजार ८३५ कित्ता सेयर खरिद गरी ठूला सेयरधनीको सूचीमा समावेश भएका हुन् ।

    यस्तै, विभिन्न आधा दर्जन संस्थापक सेयरधनीले आफ्नो स्वामित्व घटाएका छन् । संस्थापक कमलराज उदय, देवानसिंह थापा, मदन खनाल, रामप्रसाद पोखरेल, चक्रपाणि बास्तोला, भरतराज कोइराला र दीपक खरेलले आफ्नो स्वामित्व घटाएका हुन् ।

    अघिल्लो वर्ष १.०२ प्रतिशत अर्थात् ३ लाख ३६ हजार ५ कित्ता सेयर स्वामित्वसहित कमलराज उदय बैंकको छैठौं ठूला सेयरधनी थिए । तर, गत वर्ष ०.७१ प्रतिशत अर्थात् २ लाख ३३ हजार ९४३ कित्तासहित १६औं नम्बरमा झरेका हुन् ।

    यस्तै, देवानसिंह थापाको ०.७३ प्रतिशत अर्थात् २ लाख ४० हजार ८०६ कित्ता, मदन खनालको १.०७ प्रतिशत अर्थात् ३ लाख ५२ हजार ९७ कित्ता, राम प्रसाद पोखरेलको ०.९५ प्रतिशत अर्थात् ३ लाख १० हजार १४८ कित्ता, चक्रपाणी बास्तोलाको ०.८२ प्रतिशत अर्थात् २ लाख ७० हजार १९३ कित्ता, भरतराज कोइरालाको ०.५९ प्रतिशत अर्थात् १ लाख ९३ हजार ५५७ कित्ता सेयर स्वामित्व छ ।

    बैंकमा गत असारसम्म २४ ठूला सेयरधनी रहेका छन् । बैंकको सबैभन्दा ठूलो सेयरधनी भने तुलसा पाण्डे रहेकी छन् । बैंकमा पाण्डेको २.४३ प्रतिशत अर्थात् ७ लाख ९८ हजार ४०६ कित्ता सेयर स्वामित्व रहेको छ ।

    यस्तै, सीता आचार्यको १.७६ प्रतिशत अर्थात् ५ लाख ७६ हजार ८५७ कित्ता, श्रीराम पाण्डेको १.३९ प्रतिशत अर्थात् ४ लाख ५४ हजार ५३८ कित्ता, सीताराम उप्रेतीको १.३७ प्रतिशत अर्थात ४ लाख ४८ हजार ८४ कित्ता, मदन खनालको १.०७ प्रतिशत अर्थात् ३ लाख ५२ हजार ९७ कित्ता, रविबहादुर थापाको ०.९३ प्रतिशत अर्थात् ३ लाख ५ हजार ४५८ कित्ता सेयर स्वामित्व रहेको छ ।

    यस्तै, भीमप्रसाद तुलाचनको ०.८२ प्रतिशत अर्थात् २ लाख ६७ हजार ८९७ कित्ता, बाबुराम पन्तको ०.७९ प्रतिशत अर्थात् २ लाख ५८ हजार ८४ कित्ता, भीमराज अधिकारीको ०.७६ प्रतिशत अर्थात् २ लाख ४९ हजार ५७५ कित्ता, प्रकाश क्षेत्रीको ०.७४ प्रतिशत अर्थात् २ लाख ४४ हजार ३७५ कित्ता, राजकुमार आमात्यको ०.६६ प्रतिशत अर्थात् २ लाख १५ हजार ७७७ कित्ता सेयर स्वामित्व रहेको छ ।

    गौमाता इन्भेष्टमेण्ट कम्पनीको ०.५६ प्रतिशत अर्थात् १ लाख ८३ हजार ९९ कित्ता, क्यालिवर इन्भेष्टमेन्ट कम्पनीको ०.५२ प्रतिशत अर्थात् १ लाख ७१ हजार २१४ कित्ता, भक्तराम ज्ञवालीको ०.५१ प्रतिशत अर्थात् १ लाख ६७ हजार ६१२ कित्ता सेयर स्वामित्व रहेको छ ।

    प्रतिकृया दिनुहोस्