News Portal

  • युनिलिभर नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण

    आर्थीकसंसार संवाददाता६ कार्तिक, २०८१
    २५ पटक
    ६ कार्तिक, २०८१

    काठमाडौं । युनिलिभर नेपालले बाढीपहिरोपीडितका लागि ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई हस्तान्तरण गरेको छ ।

    यनिलिभर नेपालका प्रबन्ध निर्देशक र सीईओ, अम्लान मुखर्जी र संस्थापक साझेदार रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ५० लाखको चेक हस्तान्तरण गरेका छन् ।

    युनिलिभरले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मार्फत् राहतको आवश्यकतामा परेकाहरूलाई दैनिक सरसफाईका सामग्री पनि उपलब्ध गराएको छ ।

    युनिलिभर नेपाल आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्ने उद्देश्यबाट प्रेरित रहेको उल्लेख गर्दै नेपाली जनताको आवश्यकताको घडीमा साथ दिई समुदायको हित र विकासमा योगदान पुऱ्याउने प्रतिबद्धता जनाएको छ ।

    प्रतिकृया दिनुहोस्