News Portal

  • सांग्रिला डेभलपमेन्टका सीईओ श्रेष्ठले पाए निरन्तरता

    आर्थीकसंसार संवाददाता५ भदौ, २०७९
    ७३३ पटक
    ५ भदौ, २०७९

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सुयोग श्रेष्ठ नियुक्त भएका छन् । भदौ ५ गते बसेको बैंक सञ्चालक समितिले उनलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
    यससँगै सीईओ श्रेष्ठले आगामी भदौ १९ गतेदेखि बैंकमा दोश्रो कार्यकाल सम्हाल्ने छन् ।
    बैंकले हाल ११२ शाखा कार्यालय र ३१ एटीएममार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्