News Portal

  • माछापुच्छ्रे बैंक र भारतको ओम एक्सप्रेस पेमेन्टबीच रेमिट्यान्स सम्झौता

    आर्थीकसंसार संवाददाता२ असोज, २०७७
    ११८२ पटक
    २ असोज, २०७७

    काठमाडौं । माछापुच्छ्रे बैंक र भारतस्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजबीच रेमिट्यान्स सम्झौता भएको छ । बैंकले रोजगारी तथा अन्य सिलसिलामा भारतमा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले बैंकले रेमिट्यान्स सम्झौता गरेको हो ।
    उक्त सम्झौतापश्चात भारतमा रहेका नेपालीहरुले त्यहाँस्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सम्पर्क गरी भारतका जुनसुकै स्थानबाट नेपालमा सहज रुपमा पैसा पठाउन सक्ने छन् । यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे बैंकका १५९ शाखा कार्यालयहंरु तथा १० हजार भन्दा बढी रेमिट्यान्स एजेन्टहरुमार्फत प्रापकले सहज रुपमा प्राप्त गर्न सक्नेछन् । साथै, ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सहकार्य गरी माछापुच्छ्रे रेमिट्यान्समार्फत नेपालमा पैसा पठाउँदा कम सेवा शुल्क लाग्नेछ ।
    हाल बैंकले १५९ वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९२ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मेसिन मार्फतबाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्