News Portal

  • केयर एड्जले स्तरोन्नति गर्यो रिलायबल नेपाल लाइफको रेटिङ, दियो ‘ए माइनस’

    आर्थीकसंसार संवाददाता५ जेठ, २०८२
    ३३९ पटक
    ५ जेठ, २०८२

    काठमाडौं । केयर एड्ज रेटिङ्स नेपालले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको रेटिङ स्तरोन्नति गरेको छ। यस्तो रेटिङ पाउने केही सीमित जीवन बीमकमध्ये रिलायबल नेपाल लाइफ पनि एउटा हो।

    नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त केयर एड्जले रिलायबल नेपाल लाइफको रेटिङ स्तरोन्नति गर्दै ‘केयर–एन ए माइनस’ कायम गरेको हो। यसअघि केयर एड्जले रिलायबल नेपाल लाइफलाई ‘ट्रिपल बी प्लस’ रेटिङ प्रदान गरेको थियो।

    केयर रेटिङ्स भारतको सहायक कम्पनी केयर एड्जले वित्त वर्ष २०२४ को र वित्त वर्ष २०२५ को सञ्चालन र वित्तीय प्रदर्शनका आधारमा रिलायबल नेपाल लाइफको रेटिङ स्तरोन्नति ‘ए माइनस’ कायम गरिएको जनाएको छ। यो रेटिङ सन् २०२६ जुन १० सम्म कायम रहने केयर एड्जले स्पष्ट पारेको छ।

    ए माइनस रेटिङ पाउन कम्पनी वित्तीय दायित्व समयमै पूरा गर्ने सन्दर्भमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ। यस्ता उपकरणमा न्यून क्रेडिट जोखिम हुन्छ।

    रेटिङमा भएको सुधारबाट कम्पनीप्रति ग्राहकको विश्वासनीयतामा थप वृद्धि हुनुका साथसाथै कर्मचारी र अभिकर्तामा निरन्तर गुणस्तरीय सेवा प्रदान गर्न थप ऊर्जा प्राप्त भएको कम्पनीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्