काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीतिपछि उद्योगी व्यवसायी तथा बैंकर्सहरु निराश हुनुपर्ने अवस्था नभएको बताएका छन् । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले यस्तो बताएका हुन् ।
उद्योगी व्यवसायी तथा बैंकर्सहरुले मौद्रिक नीतिपछि सबै क्षेत्र खत्तम भयो भन्ने स्थिती नभएको बताए । एक जना मान्छे सामान्य बिरामी भएर अस्पतालमा गयो भन्दैमा आइसियुमा हाल्न नहुने बताउँदै उनले उद्योगी, व्यवसायी र बैंकर्सहरुलाई अहिलेको मौद्रिक नीतिलाई नराम्रो तरिकाबाट नहेर्न आग्रह गरे ।
डेपुटी गभर्नर मिश्रले राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा सबै क्षेत्रका सुझाव लिएर सुझावको आधारमा नै नीति ल्याएको दाबी गरे । उनले मौद्रिक नीति वर्तमान अर्थतन्त्रमा देखिएको समस्याको शतप्रतिशत समाधान गर्ने सञ्जीवनी बुटी नभएको बताए । मिश्रले अर्थतन्त्र बुझेको विज्ञहरुले सिआरआर अनुपात ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत बनाउँदा राष्ट्र बैंकले मार्न खाज्यो भन्नु बुझेर पनि नबुझेको जस्तो गरेको देखिएको बताए ।
‘उद्योगी तथा बैंकर्सहरुकोले एकदमै निराश हुने कथनहरु आए मौद्रिक नीति आएपछि निराश हुनुपर्ने अवस्था छैन, बैंकर्स संघका अध्यक्षले मसँग एक पैसा पनि छैन, म पैसा दिन सक्दिन, उद्योग परिसंघले हामी खतम भयौं भन्ने, अटोमोवाईल्स नाडाका अध्यक्षले हामी बर्बाद भयौं भन्ने, चेम्बरका अध्यक्ष रिसाउने, यस्तो निराश हुनुपर्ने स्थिति छैन, एउटा मान्छे अस्पतालको ओपीडिमा बिरामी भएर गयो भन्दैमा सिधै आइसियुमा हाल्ने काम नगरौं । यो कुरा अनुरोध गर्न चाहन्छु, यो कार्यक्रममा भेला भएर धेरै बिरामी भएर अस्पताल गएको मान्छेलाई सिधै आइसियुमा लगेर सलाइन पानी चढाउन थाल्ने काम उद्योगी, व्यवसायी, बैंकर्सहरुले नगरौं, सञ्जीवनी बुटी मौद्रिक नीतिमा सतप्रतिशत निस्कन सक्ने अवस्था छैन, राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा सबै क्षेत्रका सुझाव लिएका थियौं, अन्तर्राष्ट्रिय रुपमा भएको मूल्यवृद्धि, घरजग्गा कारोबारमा भएको वृद्धिको अवस्थामा अब विश्व बैंकले समेत घट्दै जान्छ भनेको अवस्था थियो, हामीले सबै बुद्धिजीविहरुलाई राखेर सुझाव लिएर ३ प्रतिशतबाट ४ प्रतिशत सिआरआर अनुपात बढाएको भएर मार्न खोजेको हो, भनेर भन्न थालेपछि यो बुझेर पनि नबुझेको जस्तो देखिएको छ,’ उनले भने ।
त्यस्तै, कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मौद्रिक नीतिले ७ प्रतिशत मूल्यवृद्धि कायम राख्न असम्भव रहेको बताए । उनले मौद्रिक नीतिमा ८ प्रतिशतको ग्रोथ रेट र मूल्यवृद्धिलाई ७ प्रतिशतमा सिमति राख्ने लक्ष्य महासंघलाई वास्तविक नलागेको बताए । अध्यक्ष गोल्छाले मौद्रिक नीतिले बैंकको ब्याजदर वृद्धि हुने भएकाले कर्जाको माग कम हुने बताए ।
‘अहिले आएको मौद्रिक नीतिमा ८ प्रतिशतको ग्रोथ रेट र मूल्यवृद्धिलाई ७ प्रतिशतमा लिमिट राख्ने कुरा आएको छ, मलाई लाग्छ यो जनता र राजनीतिक भ्यु हो जस्तो लाग्छ, किनकी संकुचित हुने मौद्रिक नीति अर्कोतिर ग्रोथ रेट ८ प्रतिशत र वाह्य कारण पनि मूल्यवृद्धि ७ प्रतिशत कायम राख्नु यो असम्भव हो, यो बाझिएको छ, मौद्रिक नीतिले जुन लक्ष्यहरु हासिल गर्ने प्रयास गरेको छ, जिडिपी ग्रोथ रेट र मूल्य वृद्धिको लक्ष्य लिएको छ, त्यो वास्तविक हामीलाई लागेन, हामी बुझ्नसक्छौं, नीति तथा कार्यक्रमले एउटा कुरा बोलेको थियो, मौद्रिक नीतिले ब्याजदर बढाउनेछ । ब्याजदर बढेपछि पैसाको माग कम हुनेछ । अहिले अर्थतन्त्रमा आएको समस्या समाधान हुनेछ भन्ने कुरा बुझ्नसक्छौं,’ उनले भने ।
अध्यक्ष गोल्छाले मौद्रिक नीतिले जिडिपी ग्रोथ रेट र मूल्य वृद्धिको लक्ष्य लिएपनि त्यो निजी क्षेत्रलाई वास्तविक नलागेको बताए ।
मौद्रिक नीतिबाट व्यवसायी तथा बैंकर्सहरु निराश हुनुपर्दैन : डेपुटी गभर्नर मिश्र
आर्थीकसंसार संवाददाता२२ साउन, २०७९
२२ साउन, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान