काठमाडौं । एनएमबि बैंकले यस श्रावणको सोमवार मेहेन्दी लगाऔं, एनएमबि संग रमाऔं भन्ने सन्देश सहित आपसी सदभाव अभिबृद्घि गर्ने उद्देश्यले २०७९ श्रावण १६ गते कर्मचारी र ग्राहकहरुमाझ मेहेन्दी कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले सातै प्रदेशको विभिन्न शाखा गरी १४ शाखाहरुमा यो कार्यक्रम गरेको छ ।
बैंकले प्रदेश १ को विर्तामोड र विराटनगर, मधेष प्रदेशको जनकपुर र विरगंज, वागमति प्रदेशको बबरमहल, कुमारीपाटी र लायन्स चोक, नारायणघाट, गण्डकी प्रदेशको चिप्लेढुङ्गा र गोरखा, लुम्विनि प्रदेशको मिलन चोक र नेपालगंज, प्रदेश ६ को विरेन्द्रनगर (सुर्खेत) र सुदूर पश्चिम प्रदेशको महेन्द्रनगर र धनगडी चौराहामा उक्त कार्यक्रम सम्पन्न गरेको छ ।
एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
एनएमबि बैंकको मेहेन्दी कार्यक्रम, ग्राहक र कर्मचारीबीच श्रावण उत्सव मनाइयो
आर्थीकसंसार संवाददाता१८ साउन, २०७९
१८ साउन, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान