News Portal

  • जनार्दन शर्मा पुन: अर्थमन्त्री नियुक्त

    आर्थीकसंसार संवाददाता१५ साउन, २०७९
    ५७३ पटक
    १५ साउन, २०७९

    काठमाडौं । माओवादी सांसद जनार्दन शर्मा पुन: अर्थमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेकी हुन् । शर्माले आजै साढे ५ बजे पद तथा गोपनियताको सपथ लिनेछन् ।
    चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेपछि उनले असार २२ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।
    उनले असार १४ गते राती अनधिकृत व्यक्तिलाई करको दर हेरफेरका लागि अर्थमन्त्रालय प्रवेश गराएको समाचार बाहिरिएपछि मन्त्रीपदबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएसँगै संसदीय छानबिन विशेष समिति गठन गरेर अनुसन्धान थालिएको थियो । उक्त समितिले १७ दिन लगाएर तयार पारेको प्रतिवेदनमा करको दर हेरफेर प्रकरणमा अनधिकृत व्यक्तिको संलग्नता पुष्टि नभएको निष्कर्ष निकालेपछि जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त भएका हुन् ।

     

    प्रतिकृया दिनुहोस्