News Portal

  • लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त अध्यक्षको शपथ ग्रहण

    आर्थीकसंसार संवाददाता११ साउन, २०७९
    ६८३ पटक
    ११ साउन, २०७९

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समितिले प्रविण कृष्ण श्रेष्ठलाई सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । नवनियुक्त अध्यक्ष प्रविण कृष्ण श्रेष्ठले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना समक्ष आज मिति २०७९/०४/११ गते पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।
    नवनियुक्त अध्यक्ष प्रविण कृष्ण श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट एम.वि.ए.सम्मको शिक्षा हासिल गरि स्ट्याण्र्डर्ड चार्टर्ड बैंक नेपाल लि. (साविक नेपाल ग्रिण्डलेज बैंक लिमिटेड) र माछापुच्छ्रे बैंक लिमिटेडको उच्च ब्यवस्थापन तहमा रही करिब २ दशक नेपालको बैकिङ क्षेत्रमा सेवा पुर्याउनु भएपश्चात विगत ४ बर्षदेखि लुम्बिनी विकास बैंकको सञ्चालक रहँदै आउनु भएको छ । उहाँको कुशल नेतृत्वमा लुम्बिनी विकास बैंकले थप प्रगति गर्ने विश्वास बैंकले लिइएको छ ।
    शपथ ग्रहणको अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, निर्देशक बुद्धराज शर्मा, लुम्बिनी विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्