News Portal

  • स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. उप्रेती नियुक्त

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०७७
    १२६७ पटक
    ३१ भदौ, २०७७

    काठमाडौं । स्वास्थ्य बीमा बोर्डको रिक्त रहेको अध्यक्ष पदमा डा. सेनेन्द्रराज उप्रेती नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले नवनियुक्त अध्यक्ष डा. उप्रेतीलाई मन्त्रालयमा आयोजित कार्यक्रममा शपथ गराएका हुन् ।
    त्यसैगरी बोर्डको सदस्यहरुमा डा. सुरेश तिवारी र चन्द्र थापा नियुक्त भएका छन् । दुवै सदस्यहरुलाई अध्यक्ष डा. उप्रेतीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । साथै मन्त्रालयले बोर्डको कार्यकारी निर्देशकका लागि खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न दरखास्त माग गरेको छ ।

    प्रतिकृया दिनुहोस्