काठमाडौं । नेपाल राष्ट्र बैंकले निश्चित उत्पादनशील क्षेत्र र व्यापारिक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदरमा अन्तर कायम गरेको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गर्दै गभर्नर महाप्रसाद अधिकारीले अब उत्पादनशील र ब्यापारिक क्षेत्रको कर्जाको ब्याजदर फरक–फरक हुने बताएका हुन् ।
यस्तै, उत्पादनशील र व्यापारिक क्षेत्रमा जाने कर्जाको ब्याजदरमा भिन्नता ल्याइने बताइएको छ । हाललाई बैंक तथा वित्तीय संस्थाले खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, निर्यातजन्य र शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगका लागि रु.२ करोडसम्मको कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था गरेको छ ।
अन्तर बैंक व्याजदरलाई निरन्तरता दिने
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बीचको भारित अन्तर बैंक व्याजदरलाई निरन्तरता दिने भएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै सो बताएका हुन् ।