News Portal

  • नेपाल एसबिआई बैंकले महिला उद्यमी तथा साना किसानलाई सुलभ दरमा कर्जा दिने

    आर्थीकसंसार संवाददाता६ साउन, २०७८
    ६७८ पटक
    ६ साउन, २०७८

    काठमाडाैं । नेपाल एसबिआई बैंक र हेफर इन्टरनेशनल नेपालबीच महिला उद्यमी तथा साना किसानहरुलाई सुलभ वित्तिय कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ ।
    उक्त सम्झाैता पत्रमा हेफर इन्टरनेशनल एसियाका राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतो र बैंककाे तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत मोहम्मद रिजवान आलमले हस्ताक्षर गरेका छन् ।
    सम्झौता अनुसार बैंकले कृषि तथा पशुपालन सम्बन्धि क्षेत्रहरु जस्तै बाख्रापालन, गाईपालन तथा तरकारीको मूल्य शृंखलामा संलग्न महिला उद्यमी तथा साना किसानहरुलाई सहज ढङ्गले वित्तिय कर्जा उपलब्ध गराउने छ । यस साझेदारीको मुख्य उद्देश्य, युवा तथा महिला उद्यमी र साना किसानहरूको ब्यबसाय विकाश र विस्तार मा केन्द्रित गर्ने रहेको बैंकले जनाएको छ ।
    उक्त योजनामा हेफर नेपालका तर्फबाट कृषि सहकारी र स्थानिय सरकार पनि आवद्ध रहेका छन् । कृषि सहकारी वा स्थानिय सरकारले उद्यमीहरूको पहिचान र सिफारिस गरी बैंकसँग जोड्न सहज बनाउनेछन् ।
    ५१ जिल्लामा रहेका शाखा कार्यालय रहेको एसबिआई बैंकले यस सम्झौताबाट १५ सय उद्यमीहरूलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्ने विश्वास लिइएको हफेर इन्टरनेशनलले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्