आर्थीकसंसार संवाददाता६ साउन, २०७८
६ साउन, २०७८काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार १५० प्रतिशतसम्म राख्नुपर्ने ब्यवस्थालाई यथावत राखिएको छ । शुक्रबार सार्वजनिक गरिएको चालु आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीतिमा २५ लाख रुपैयाँ भन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने ब्यवस्था यथावत राखिएको हो ।
‘सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाख रुपैयाँसम्मको कर्जाको हकमा १ सय प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था यथावत राखिएको छ,’ राष्ट्र बैंकको मौद्रिक नीतिमा उल्लेख छ ।
कुनै बैंकसँग भएको स्वपुँजीले कतिसम्म ब्यवसाय गर्नसक्ने भनेर राष्ट्र बैंकले जोखिम वर्गीकरण गरेको हुन्छ । जसलाई जोखिम भार भनिन्छ । कुन बैंकको जोखिम भारित सम्पत्ति कति छ भनेर मापन प्रणली नै जोखिम भार हो ।