News Portal

  • लुम्बिनी विकास बैंकमा नरेश सिंह बोहराको दोस्रो कार्यकालको पदवहाली

    आर्थीकसंसार संवाददाता२ साउन, २०७९
    ४८७ पटक
    २ साउन, २०७९

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले दोस्रो कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नरेश सिंह बोहरालाई मिति २०७९÷०४÷०२ गतेबाट लागु हुने गरी ४ वर्षको पदावधिसहित नियुक्ति गरेपश्चात आज एक कार्यक्रमको आयोजना गरी बैंकले उहॉलाई स्वागत गरेको छ । उक्त पदबहाली कार्यक्रममा बैंकका सञ्चालक समितिका मनोनित अध्यक्ष प्रविण कृष्ण श्रेष्ठ, बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकाल, नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरुलगायत कर्मचारीहरुको हर्षोल्लासपूर्ण उपस्थिति रहेको थियो ।
    नरेश सिंह बोहराले यस बैंकको पहिलो कार्यकालमा उल्लेख्य सफलता हासिल गर्दै बैंकलाई एक उत्कृष्ट बैंकको रुपमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहॉको कार्यकालमा बैंकको चुक्ता पु‘जी २.१० अर्बबाट बृद्घि भएर ३.२८ अर्ब पुगेको छ । बैंकको निक्षेप २२.९६ अर्बबाट बृद्घि भएर ४५.१४ अर्ब पुगेको छ भने बैंकको कर्जा लगानी २२.७५ अर्बबाट बृद्घि भएर ४१.१३ अर्ब पुगेको छ । उहॉको कार्यकालको ४ बर्षमा बैंकका शेयरधनी महानुभावहरुलाई कुल ६०.७५% लाभांश वितरण गरिएको छ । बैंकको निष्क्रिय कर्जा ३.३४% बाट घटेर १.६८% कायम भएको छ भने शाखा सञ्जाल ६५ बाट बढेर सातवटै प्रदेशमा गरी ८६ पुगेको छ ।
    नरेश सिंह बोहराले भारतको अग्रणी इलाहबाद विश्वविद्यालयबाट बि.एस्सी र एम.बि.ए.सम्मको योग्यता उत्कृष्ट अङ्कका साथ पुरा गर्नु भएको छ भने बिगत २५ वर्षदेखि नेपालको विभिन्न बैंक तथा वित्तीय संस्थामा रही सफलताका साथ कार्य गर्दै आउनु भएको छ । व्यवस्थापन प्रशिक्षार्थीको रुपमा सन् १९९७ मा तत्कालीन नेपाल बंगलादेश बैंकबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरी माछापुच्छ्रे बैंकमा प्रबन्धकीय तहमा विभागीय प्रमुखको भूमिका समेत निभाउनु भएको थियो । उहॉले तत्कालिन युनाइटेड फाइनान्समा महाप्रबन्धकको रुपमा र तत्कालिन नारायणी नेशनल फाइनान्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत भूमिकामा साथै तत्कालिन देवः विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा पनि कुशलतापूर्वक भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको आगामी कार्यकालमा बैंकले अझै उन्नति र प्रगति गर्ने विश्वास लिएको छ ।

    प्रतिकृया दिनुहोस्