News Portal

  • लुम्बिनी विकास बैंकद्वारा प्रभातफेरी तथा वृक्षारोपण कार्यक्रमको आयोजना

    आर्थीकसंसार संवाददाता२४ असार, २०७९
    ६६० पटक
    २४ असार, २०७९

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा विभिन्न वित्तीय सचेतनासम्बन्धी नाराका साथ प्रभातफेरी तथा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । सो प्रभातफेरी बैंकको कलंकी शाखा कार्यालयदेखि चन्द्रागिरी नगरपालिका–१३ को कोलचौर, राम मन्दिरसम्म पुगेर सम्पन्न भएको छ । साथै, बैंकले चन्द्रागिरी नगरपालिका–१३ को कोलचौरमा कपुर, कल्की, चाँपलगायत विभिन्न जातजातीका गरी १०० वटा विरुवाहरुको वृक्षारोपण गरेको छ । उक्त वृक्षारोपण कार्यक्रमको शुभारम्भ चन्द्रागिरी नगरपालिका–१३ का अध्यक्ष श्रीकृष्ण खत्री तथा बैकंका अध्यक्ष दशरथ रिसालले गर्नुभयो । सो कार्यक्रममा बंैकका सञ्चालक केशब खतिवडा, अन्जु कुमारी गुप्तालगायत बैंकका व्यवस्थापन समिति र कर्मचारीहरुसमेत वृक्षारोपण कार्यमा सहभागी हुनुभयो ।
    हाल यस विकास बैंकले सातवटै प्रदेशमा ८६ वटा शाखाहरुमार्फत कारोबार गर्दै आएको छ यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । आफ्ना ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको छ ।

    प्रतिकृया दिनुहोस्