काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमितहरुले बीमा नवीकरणको भुक्तानी अब अनलाइनबाट नवीकरण गर्न मिल्ने भएको छ । कनेक्ट आइपीएसको माध्यमबाट अव बीमितहरुले आफ्नै बैंक वित्तीय संस्थाको खाता कनेक्ट गराइ सिधै अनलाइन मार्फत भुक्तानी गर्न सक्नेछन् ।
नेपाल सरकारले लागु गरेको उक्त बीमा योजना अन्तर्गत, प्रत्येक बीमित नेपाली परिवारले रु १ लाखसम्मको बीमा सुविधा प्राप्त गर्दै आएको छ । यस अन्तर्गत हाल सम्म ५३ लाख भन्दा बढी लाभग्राहीहरु रहेका छन् ।
उक्त बीमितहरुले अब अनलाइन माध्यमबाट नै आफ्नो बीमालेख नवीकरण र भुक्तानी गर्न सक्ने भएको छ । स्वास्थ्य बीमाबोर्डको डिजिटलाईजेसनको यस कदमलाई बीमितहरुलाई धेरै नै सहज बनाउने विश्वास गरिएको छ ।
बीमीतहरुले बीमा नवीकरण भुक्तानीको लागि कनेक्टआइपीएस (www.connectips.com) मा लग–इन गरी आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी प्रणालीमा रहेको Government of Nepal अन्तर्गत Health Insurance Board” छनोट गर्नुपर्ने हुन्छ । त्यसपछी भुक्तानी गर्ने आफ्नो बैंक खाता छनोट गरी घरमुलीको बीमा संख्या राखी “Make Payment” मा क्लिक गर्नुपर्ने हुन्छ र आफ्नो परिवारको घरमुलीको नाम सहित जम्मा सदस्य संख्या यकीन गरी भुक्तानीको विवरण रुजु गरे पश्चात आफ्नो Transaction Password/OTP प्रयोग गरी बैंक वित्तीय संस्थाको खाताबाटै भुक्तानी गर्न सकिन्छ ।
हाल यस connectIPS प्रणाली मार्फत बीमा समितिको अभिकर्ता र सर्भेयरको इजापत पत्र नवीकरणको भुक्तानी, ३१ भन्दा बढी जीवन तथा निर्जीवन बीमा प्रदायक कम्पनीहरुको बीमा शूल्क (प्रिमियम)को संकलनका साथै नेपाल सरकार लगायतका विभिन्न निकायहरुको कारोबारहरु हुदै आएका छन् ।
स्वास्थ्य बीमाको नवीकरण शुल्क कनेक्ट आइपिएसबाटै भुक्तानी गर्न सकिने
आर्थीकसंसार संवाददाता२३ असार, २०७९
२३ असार, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान