News Portal

  • सिटिजन लाइफद्धारा २३ लाख रुपैयाँ घातक रोग दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२१ असार, २०७९
    ४०७ पटक
    २१ असार, २०७९

    हेटौंडा । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड हेटौंडा शाखाले घातक रोग दाबी भुक्तानी गरेको छ । हेटौंडा शाखाले आज मंगलवार २३ लाख ९९ हजारको घातक रोग दाबी भुक्तानी गरेको हो ।
    बीमा गरेको करिब २ बर्षको अवधिमा नै मुख्य अङ्ग बोन म्यारो प्रत्यारोपण गर्नुपर्ने भएकोले हेटौंडा उपमहानगरपालिका ४ का पुष्प राज पाण्डेलाई कम्पनीले उक्त दाबी भुक्तानी गरेको हो ।
    बिमितको घरमा भएको संक्षिप्त कार्यक्रमकाबिच ब्रान्च म्यानेजर राधेश्याम आचार्य सहितको टिमले घातक रोग दाबी रकम भुक्तानी गरेको हो ।
    घातक रोग बापतको रकम प्रदान गरिएको हेटौंडा शाखाको यो पहिलो घटना भएको ब्रान्च म्यानेजर आचार्यको भनाई छ । उनले बिमितको मुख्य अङ्ग बोन म्यारो प्रत्यारोपण गर्नुपर्ने प्रमाणित भएपछि उनलाई रकम प्रदान गरिएको कम्पनीले जनाएको छ । पाण्डेले २५ लाखको बिमा गरेका थिए ।
    दाबीभुक्तानी कार्यक्रममा एजेन्सी म्यानेजर सुजाता अधिकारी सहित स्थानीय हरुको उपस्थिति रहेको थियो ।
    बीमा दाबी भुक्तानी लिँदै गर्दा बीमित पाण्डेका श्रीमती सरिता कुमारी क्षेत्रीले घातक रोग दाबी भुक्तानी सरल र सहज रुपमा पाएको बताए । प्राय जसो बिमाङ्क रकम बिमितको मृत्यु पश्चात मात्र प्रदान गर्ने गरिएको थाहा पाएको सरिताले जानकारी दिए । उनले बीमा सबैजनाले गर्नु पर्ने र आफ्नो क्षमता अनुसार बीमा गर्न समेत अनुरोध गर्नु भएको छ।

    प्रतिकृया दिनुहोस्