News Portal

  • बीमा समिति सुदूरपश्चिम प्रदेशद्धारा जीवन बीमा व्यवसाय सम्बन्धि छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२० असार, २०७९
    २९७ पटक
    २० असार, २०७९

    काठमाडौं । बीमा समिति सुदूरपश्चिम प्रदेशले जीवन बीमा व्यवसाय सम्बन्धमा आवश्यक छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यालयका प्रमुख ओम बहादुर अधिकारी तथा तथा कर्मचारी बैकुण्ठ घिमिरेको  उपस्थितिमा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख तथा क्षेत्रीय प्रमुखहरुबीच जीवन बीमाबारे छलफल तथा परिचयातमक कार्यक्रम सम्पन्न भएको हो ।
    उक्त कार्यक्रममा बीमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख अधिकारीले सबै प्रमुखहरुलाई स्वागत तथा उपस्थितिका लागि धन्यवाद व्यक्त गरेका थिए । बीमा समितिले बीमा व्यवसायलाई प्रवद्र्धन र व्यवस्थीत गर्नुका साथै सुदूरपश्चिम प्रदेशका आम नागरिकको सेवा सुविधाको लागि सुदूरपश्चिम प्रदेशको धनगढी, कैलालीमा आफ्नो प्रदेश कार्यालय स्थापना गरेको बारे उनले जानकारी दिए ।
    साथै, बीमा व्यवसायको विकास तथा विस्तार गर्नमा जीवन बीमा कम्पनीहरुका सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुख तथा क्षेत्रीय प्रमुखहरुको ठुलो भुमिका रहेको उनले बताए ।
    बीमा कम्पनीका प्रदेश प्रमुख तथा क्षेत्रीय प्रमुखहरुले बीमा समितिले यस सुदूरपश्चिम प्रदेशमा प्रदेश स्तरिय कार्यालय स्थापना गरेकोमा खुशी व्यक्त गरेका थिए । उनीहरुले जीवन बीमा सम्बन्धमा राखेका जिज्ञासा तथा समस्याहरुको विषयमा प्रदेश प्रमुख ओम बहादुर अधिकारीले प्रष्ट पारेका थिए । साथै उनले प्रदेश कार्यालयबाट सम्पादन हुने मुख्य मुख्य कार्यहरुको बारेमा पनि जानकारी गराएका थिए ।
    अधिकारीले बीमा कम्पनीका प्रदेश प्रमुखहरुलाई आफुले गर्नु पर्ने कार्यहरु छिटो छरितोका साथै व्यवस्थित ढगंबाट सम्पादन गर्न समेत निर्देशन दिए । यसका साथै कुनै पनि बीमितहरु आफ्नो लिएर यस कार्यालयमा आउने वातावरण नबनाउन पनि निर्देशन दिएका थिए । सोही अवसरमा बीमा समितिबाट जारी भएका नीति नियम तथा निर्देशनहरुको अधिनमा रही कार्य गर्न समेत उनले आग्रह गरे ।

    प्रतिकृया दिनुहोस्