काठमाडौं । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले आगामी महिनामा ९० अर्बभन्दा बढी रेमिट्यान्स आउने अपेक्षा गरेको बताएका छन् । उनले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्र बैंकले यस्तो अपेक्षा गरेको बताएका हुन् ।
डा. श्रेष्ठले पछिल्लो समय विदेश जाने नेपाली श्रमिक र नेपाल आउने पर्यटक बढेकाले विदेशी मुद्रा बढ्ने संकेत देखिएको बताए । पछिल्लो एक वर्षमा ५ लाख नेपाली श्रमिक विदेश जाँदा तीन महिनाको रेमिट्यान्स बढ्दै गएको उनले बताए ।
‘पछिल्लो समय विदशी जाने श्रमिकहरु बढेकाले राम्रो संकेत बढेको छ । यो वर्ष मात्रै ५ लाख भन्दा बढी नेपाली श्रमिक बाहिर गएका छन् । पछिल्लो तीन महिनामा रेमिट्यान्स पहिलाको महिना भन्दा बढी आएको छ । आउने महिनामा रेमिट्यान्स ९० अर्बभन्दा बढी आउने अपेक्षा छ,’उनले भने ।
यस्तै उनले अर्थतन्त्र दबाबमा रहेपनि तत्काल आतिहाल्नु पर्ने अवस्था नरहेको बताए । ‘पर्यटकहरुको आगमन पनि बढेको छ। पछिल्लो समय विद्युत निर्यात हुन थालेको छ । अहिले सिमेन्ट निर्यात गर्ने कुरा बाहिर आएको छ । उत्पादन प्रसस्त रहेको छ । त्यसले विदेशी मुद्रा बढ्ने भएकाले आत्तिहाल्नु पर्ने छैन । प्यानिक हुनु पर्दैन । तर हासियार हुनुपर्ने अवस्था छ । अर्थतन्त्र अहिले दबाबको स्थितिमा छ,’ उनले भने ।
आगामी महिनामा ९० अर्ब बढी रेमिट्यान्स आउनेछ : डा. प्रकाशकुमार श्रेष्ठ
आर्थीकसंसार संवाददाता१९ असार, २०७९
१९ असार, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान