News Portal

  • राष्ट्रिय क्रिकेट खेलाडी ललित भण्डारी दुर्घटनामा

    आर्थीकसंसार संवाददाता२९ भदौ, २०७७
    ९०६ पटक
    २९ भदौ, २०७७

    काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको झलारी बजारमा मोटरसाइकल दुर्घटनामा परेका राष्ट्रिय क्रिकेटर ललित भण्डारीको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
    धनगढीबाट थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएकोमा उनको स्वास्थ्य अवस्थामा सुधार भएको हो ।
    भण्डारीको खुट्टा, कम्मर र टाउकोमा चोट लागेको छ । धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ख १३२४ नम्बरको ट्रक र म२प ४७०५ नम्बरको एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार क्रिकेटर भण्डारी घाइते भएका हुन् ।

    प्रतिकृया दिनुहोस्