काठमाडौं । सेयर बजार घट्ने क्रम जारी छ । मंगलबारको बजारमा पनि नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१.३१ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६१ प्रतिशतले घटी हो ।
बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । पछिल्लो दुई दिनमै सेयर कारोबार ५२ प्रतिशतले घटिसकेको छ । गत आइतबार २ अर्ब १९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा मंगलबार १ अर्ब ५ करोडमा सीमित भएको छ ।
मंगलबार सबैभन्दा बढी एशियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ७ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारसँगै इन्स्योरेन्सको सेयर मूल्य पनि बढेको छ । इन्स्योरेन्सको सेयर मूल्य २७ रुपैयाँले बढेर प्रतिकित्ता ५७७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) रहेको छ । कम्पनीको एकैदिन ५ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, तेश्रोमा नागरिक लगानी कोष र चौथोमा नेपाल पुनर्बीमा कम्पनी रहेका छन् । यी दुईको क्रमशः ५ करोड ३४ लाख र ४ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
घटेको बजारमा पनि सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अघिल्लो दिनको तुलनामा संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८७१.७० रुपैयाँ पुगेको छ ।
बजारमा लाइफ इन्स्योरेन्स समूहबाहेक सबै समूह राताम्मे देखिएका छन् । जीवन बीमा समूह भने ९६.९० अंकले बढेको छ ।
मंगलबार एशियन लाइफको सर्वाधिक कारोबार, जीवन बीमा समूह बाहेक सबै राताम्मे
आर्थीकसंसार संवाददाता१४ असार, २०७९
१४ असार, २०७९- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न