News Portal

  • नेको इन्स्योरेन्स २७ औं बर्षमा प्रवेश

    आर्थीकसंसार संवाददाता१८ जेठ, २०७९
    ७६९ पटक
    १८ जेठ, २०७९

    काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले २७ औं वर्षमा प्रवेश गरेको छ । यस कम्पनीले आफ्नो सेवा प्रवाहका क्षेत्रमा निरन्तर बृद्धि गर्दै बीमाशुल्क, दावी भुक्तानी, रोजगारीको अवसर, नेपाल सरकारलाई कर भुक्तानी लगायतका सूचकांकहरुमा उल्लेखनीय बृद्धि गर्दै आएको छ ।

    कम्पनीले आफ्नो सेवा संचालनको २७ औं बर्ष प्रवेशको अवसरमा रक्तदान कार्यक्रम एवं बीमा सचेतनामूूलक साइकल ¥याली, कर्मचारीहरु बीच फुटबल, ब्याडमिण्टन, म्यूूजिकल चेयर लगायत विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना गरेको छ ।

    साथै, यस अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिर, नक्सालका बालबालिकाको औषधोपचार सहयोगार्थ दुई लाख ५० हजार रुपैयाँको चेक कम्पनीका अध्यक्ष रोहित कुुमार भटृराईले हस्तान्तरण गरे ।

    प्रतिकृया दिनुहोस्