News Portal

  • प्रभु बैंक र कृषि क्षेत्र विकास कार्यक्रमबीच कृषकलाई वित्तीय सेवा प्रवाह गर्ने सम्झौता

    आर्थीकसंसार संवाददाता१६ जेठ, २०७९
    ८१० पटक
    १६ जेठ, २०७९

    काठमाडौं । कृषि क्षेत्र विकास कार्यक्रम र प्रभु बैंकबीच मूल्य शृङ्खलामा आवद्ध कृषकहरुमा वित्तीय सेवा प्रवाहको लागि सम्झौता गरेको छ । सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।
    सम्झौतापछि प्रभु बैंक प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सम्झौता अनुरुप लक्षित वर्गहरुलाई कर्जा सेवा सँगसँगै वित्तीय साक्षरता समेत प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
    यसैगरी, कृषि क्षेत्र विकास कार्यक्रमका संयोजक विनोद कुमार भट्टराईले कर्णाली प्रदेशमा कृषि क्षेत्रको विकास, सो क्षेत्रमा लगानीको अभाव हुन नदिन र किसानको वित्तीय आवश्यकतालाई सम्बोधन गर्न प्रभु बैंकको सहयोग महत्वपुर्ण हुने बताए ।
    कृषि क्षेत्र विकास कार्यक्रम कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको आर्थिक सहयोगमा नेपाल सरकारको संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्धारा सञ्चालित कार्यक्रम हो ।
    कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा बसोबास गरेका जनताहरुको गरिवी तथा पोषण असुरक्षा न्यूनिकरण गरी नेपालको दिगो विकास लक्ष्य प्राप्तिमा योगदान पु९याउनु यस कार्यक्रमको लक्ष्य रहेको छ ।

     

    प्रतिकृया दिनुहोस्